बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

शनिबार, १२ वैशाख २०८३, २१ : १३
शनिबार, १२ वैशाख २०८३

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन्।

कांग्रेस तनहुँले आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको एकता नै सबैभन्दा ठूलो शक्ति भएकाले यसको विकल्प नरहेको उल्लेख गरे।

वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई थप मजबुत बनाउन सङ्गठन सुदृढीकरण आवश्यक रहेको बताउँदै पौडेलले सबै तहका नेता–कार्यकर्तालाई साझा उद्देश्यका साथ अघि बढ्न आग्रह गरे। पार्टीभित्र सहकार्य, समन्वय र आपसी विश्वास बलियो बनाएर मात्रै कांग्रेसलाई सशक्त बनाउन सकिने उनको भनाइ थियो।

महामन्त्री पौडेलले कांग्रेसले सञ्चालन गरेको ‘जरा अभियान’ले सङ्गठनलाई नयाँ दिशा दिने विश्वाससमेत व्यक्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप