ट्रम्पद्वारा विटकफ र कुश्नरको इस्लामावाद भ्रमण रद्द
शनिबार, १२ वैशाख २०८३, २२ : ४६
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना दूत स्टिभ विटकफ र जारेड कुश्नरको पाकिस्तान भ्रमण रद्द गरेका छन्।
- इरानी विदेश मन्त्री अब्बास अरागची इस्लामावाद भ्रमणपछि ओमानको राजधानी मस्कटतर्फ प्रस्थान गरेका छन्।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना दूत स्टिभ विटकफ र जारेड कुश्नरको पाकिस्तान भ्रमण रद्द गरेका छन् ।
फक्स न्युजका अनुसार, ट्रम्पले भनेका छन्, “हामीसँग सबै कार्ड छन् । उनीहरूले चाहेको बेला हामीलाई फोन गर्न सक्छन्, तर अब १८ घण्टाको उडान भरेर बेकारको कुराकानीका लागि मात्रै हामी जाँदैनौँ ।”
यसैबिच, इरानी विदेश मन्त्री अब्बास अरागची पनि इस्लामावादबाट फर्किसकेका छन् । उनले आफ्नो इस्लामावाद भ्रमणका क्रममा पाकिस्तानी सेना प्रमुख आसिम मुनीर र प्रधानमन्त्री शहबाज शरीफसँग भेटवार्ता गरेका थिए ।
यता पाकिस्तानी अधिकारीहरूले इरानी विदेश मन्त्री अरागची आइतबार वा सोमबार पुनः इस्लामावाद फर्कन सक्ने आशा राखेको सीबीएस न्युजले जनाएको छ । अरागची हाल ओमानको राजधानी मस्कटतर्फ गइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
-
सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरूद्ध, ६ सय घर अन्धकारमा
-
विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था
-
लागुऔषधसहित पाँच जना पक्राउ
-
ओलीका अगाडि खेलाडीले देखाए खेलकला, तस्बिरहरू
-
पार्टी एकता हुँदैन, अपहरित लोकतन्त्र फर्काउन संयुक्त सङ्घर्ष जरुरी : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण