जेनजी आन्दोलनः सत्ता र सडकबारे देवदहमा बहस
सारांश
- देवदहमा उज्यालो लाल्टिन प्रतिष्ठानद्वारा 'जेनजी आन्दोलन, सत्ता र सडक' विषयमा छलफल कार्यक्रम आयोजना गरिएको छ।
- अभियन्ता रक्षा बमले आन्दोलनका क्रममा भएको क्षति र राज्यद्वारा गरिएको दमनको सत्यतथ्य अनुसन्धान गर्न माग गरेकी छिन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप ज्ञवालीले सडक र सत्ताको सेतु बनेर युवाहरूको आवाज सुन्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ । देवदहमा ‘जेनजी आन्दोलन, सत्ता र सडक’ विषयमा जेनजी अगुवाहरूबिच छलफल भएको छ । उज्यालो लाल्टिन प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा जेनजी अभियन्ता रक्षा बम, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य प्रदीप ज्ञवाली र पत्रकार पवन पौडेलले बहस गरेका हुन् ।
कार्यक्रममा बोल्दै जेनजी नेतृ बमले आन्दोलनका क्रममा भएको क्षतिको राज्यले अनुसन्धान गर्नुपर्ने माग गरिन् । उनले भदौ २३ को शान्तिपूर्ण आन्दोलनमा राज्यले गोली चलाएको र भदौ २४ मा भएको क्षतिको सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताइन्। उनले भनिन्, ‘भदौ २३ गतेको शान्तिपूर्ण आन्दोलनमा युवाहरूलाई ताकीताकी राज्यले गोली बर्साएको हो । भदौ २४ मा जेजस्तो क्षति भयो त्यसको पनि अनुसन्धान आवश्यक छ ।’
आफूले सत्ताभन्दा सडक रोजेको उल्लेख गर्दै उनले बालेन्द्र शाह नेतृत्वको सरकारलाई जनअपेक्षाअनुसार काम गर्ने मौका नगुमाउन सुझाव दिइन् ।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य ज्ञवालीले आफू सडक र सत्ताको सेतु बनेर जेनजी आन्दोलनको आवाज सुन्ने र त्यसका अपेक्षाहरू पूरा गर्न काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण