सुर्खेतमा सार्वजनिक बिदाको दिन नियम मिच्ने एक दर्जन सरकारी सवारी साधन प्रहरीको नियन्त्रणमा
सारांश
- सुर्खेत प्रहरीले सार्वजनिक बिदाका दिन अनुमतिबिना चलेका झण्डै एक दर्जन सरकारी सवारी साधनलाई नियन्त्रणमा लिएको छ।
- प्रहरीले थप कारबाहीका लागि ती सवारी साधनहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेको छ।
सुर्खेत । सार्वजनिक बिदाका दिन अनुमतिबिना चल्ने सरकारी सवारी साधनहरूलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा मातहत प्रहरी इकाईबाट प्रहरी टोली परिचालन नै गरेर त्यस्ता सवारी साधनहरूलाई नियन्त्रणमा लिइएको हो ।
सुर्खेत प्रहरीका अनुसार, आइतबार झण्डै एक दर्जन साना तथा ठुला सवारी साधनलाई नियन्त्रणमा लिइएको छ ।
‘राजधानीका विभिन्न स्थानहरूमा सार्वजनिक बिदाको दिनमा सवारी पास नलिई आवतजावत गर्ने विभिन्न सरकारी कार्यालयका साना/ठुला सवारी साधनहरू नियन्त्रणमा लिइएको छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढ्थापाले भने, ‘थप आवश्यक कारबाहीका लागि कार्यालयमा राखेका छौँ ।’
इरान युद्धका कारण विश्व बजारमा इन्धनको अभाव र बढ्दो मूल्यलाई मध्यनजर गर्दै तेल खपत घटाउनका लागि साताको दुई दिन बिदा दिने नीति ल्याएको छ ।
तर सरकारी कार्यालयका कर्मचारीहरूले त्यसको उल्लङ्घन गर्दै आएको पाइए पनि प्रहरीले निगरानी राख्न थालेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण