इस्लामावाद वार्ता अत्यन्त फलदायी : इरानी विदेशमन्त्री
सारांश
- इरानी विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानको इस्लामावादमा भएको आफ्नो भ्रमणलाई अत्यन्त फलदायी भएको बताएका छन् ।
- इस्लामावादमा अमेरिकी-इरान वार्ता अघि बढ्न सक्ने विशेष अवस्थाबारे गहन छलफल भएको थियो ।
- ओमान भ्रमणमा स्ट्रेट अफ होर्मुजबारे महत्त्वपूर्ण छलफल भएको र दुवै देशबिच निरन्तर संवाद आवश्यक रहेको बताएका छन् ।
मस्को । इरानका विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानको इस्लामावादमा भएको आफ्नो भ्रमण अत्यन्त फलदायी भएको बताएका छन् । आईआरएनएका अनुसार उनले त्यहाँ अमेरिकी–इरान वार्ता अघि बढ्न सक्ने विशेष अवस्थाबारे गहन छलफल भएको जानकारी दिएका छन् ।
इस्लामावादमा भएका भेटघाटमा विगतका घटनाहरूको समीक्षा गर्दै भविष्यमा वार्ता कसरी अगाडि बढ्न सक्छ भन्ने विषयमा राम्रो परामर्श भएको अराघचीले बताए । ओमान भ्रमणमा स्ट्रेट अफ होर्मुजबारे महत्त्वपूर्ण छलफल भएको समेत उनले बताए ।
उनका अनुसार इरान र ओमान दुवै उक्त स्ट्रेटको तटीय देश भएकाले आपसी समन्वय अत्यन्त आवश्यक छ । स्ट्रेट अफ होर्मुज भएर सुरक्षित आवागमन अहिले विश्वव्यापी महत्वको विषय बनेको अनि त्यसैले दुवै देशबिच निरन्तर संवाद आवश्यक रहेको उनले बताए ।
अराघची अनुसार इरान र ओमानबिच उच्च स्तरको सहमति कायम भएको छ र दुवै पक्षले प्राविधिक तहमा छलफल जारी राख्ने सहमति गरेका छन् । उनी अहिले रुस भ्रमणमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण