जनअपेक्षा अनुसार सडक सुधारमा ध्यान दिन मुख्यमन्त्री आचार्यको आग्रह
सारांश
- मुख्यमन्त्री चेतनारायण आचार्यले जनअपेक्षा अनुसार सडक निर्माण र सुधारमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।
- मुख्यमन्त्री आचार्यले फराकिलो सडक, व्यवस्थित बस स्टेसन र सुरक्षित सडक पेटी निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए।
- एमसिए नेपालले धानखोला–लमही ४० किलोमिटर सडक खण्डमा आधुनिक प्रविधि प्रयोग गरी स्तरोन्नति कार्य अगाडि बढाइएको जानकारी दिएको छ।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनअपेक्षा अनुसार सडक निर्माण र सुधारका क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।
मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल एमसिए नेपालले मङ्गलवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले भालुवाङदेखि लमहीसम्म सवारी साधनको चाप बढ्दै जाँदा दुर्घटनाको जोखिम समेत बढेको उल्लेख गरे।
उनले फराकिलो सडक, व्यवस्थित बस स्टेसन र सुरक्षित सडक पेटी निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए। ‘मुख्यमन्त्री आचार्यले सडक सुधार र निर्माणको काम निर्धारित समयभित्र सम्पन्न गर्न विशेष ध्यान दिनु आवश्यक रहेको बताए।
एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले संस्थाले विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए।
उनका अनुसार धानखोला–लमही ४० किलोमिटर सडक खण्डमा आधुनिक प्रविधि प्रयोग गरी स्तरोन्नति कार्य अगाडि बढाइएको छ ।
एमसिए नेपालका अनुसार उक्त सडक खण्डको विस्तृत सर्वेक्षण कार्य सम्पन्न भइसकेको छ भने निर्माण कम्पनीलाई कार्यस्थलमा परिचालन गरिसकिएको छ ।
वातावरणीय, सामाजिक, स्वास्थ्य तथा सुरक्षण व्यवस्थापन योजना स्वीकृतिको प्रक्रियामा रहेको र स्वीकृति पश्चात् निर्माण कार्यले गति लिने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण