सकियो नेकपाकाे संयोजन समिति बैठक, प्रदेशको जिम्मेवारी क–कसले पाए ?
सारांश
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय संयोजन समिति बैठकबाट नेताहरूको कार्य विभाजन टुङ्ग्याएको छ ।
- बैठकले कोशी प्रदेशको इन्चार्ज राजेन्द्र राई र सहइन्चार्ज सावित्रिकुमार काफ्ले, मधेस प्रदेशको इन्चार्ज महिन्द्र राय यादव र सहइन्चार्ज मात्रिका यादव तथा रामकुमार भट्टराईलाई जिम्मेवारी तोकेको छ ।
- यसैगरी बागमती प्रदेशको इन्चार्ज डा. गङ्गालाल तुलाधर, गण्डकीको देवेन्द्र पौडेल, लुम्बिनीको चक्रपाणि खनाल, कर्णालीको चन्द्र बहादुर शाही र सुदूरपश्चिमको इन्चार्जमा डा. भीम रावललाई जिम्मेवारी दिइएको छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले नेताहरूको कार्य विभाजन टुङ्ग्याएको छ । मङ्गलवार केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न केन्द्रीय संयोजन समिति बैठकले नेताहरूको कार्य विभाजन टुङ्ग्याएको हो ।
पार्टी एकताको भावना अनुसार इन्चार्ज पाएको प्रदेशमा सहइन्चार्ज फरक फरक पार्टीबाट राखिएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । ज्वालाका अनुसार कोशी प्रदेशको इन्चार्ज राजेन्द्र राईले पाएका छन् । सहइन्चार्ज सावित्रिकुमार काफ्ले पाएका छन् । मधेस प्रदेशको इन्चार्ज महिन्द्र राय यादवले पाएका छन्। सहइन्चार्जमा मात्रिका यादव र रामकुमार भट्टराईले पाएका छन् ।
बागमती प्रदेशको इन्चार्ज डा. गङ्गालाल तुलाधर, सहइन्चार्ज हितबहादुर तामाङ रहेका छन् । गण्डकीको इन्चार्ज श्रीनाथ बराल तोकिएकोमा फेरबदल गरी देवेन्द्र पौडेललाई ल्याइएको छ ।
सहइन्चार्ज बराल छन् । यस्तै लुम्बिनीको चक्रपाणि खनाल, सहइन्चार्ज मेटमणि चौधरी छन् । कर्णालीको चन्द्र बहादुर शाही, सुदूरपश्चिमको इन्चार्जमा डा. भीम रावल रहेका छन् ।
सहइन्चार्ज खगराज भट्ट र रन्जिता श्रेष्ठ छन् । रावलले इन्चार्ज बन्न नमानेमा भानुभक्त जोशीले पाउने सम्भावना रहेको छ । यसैगरी उपत्यका विशेष प्रदेशको इन्चार्ज हितमान शाक्य र सम्पर्क प्रदेशको इन्चार्जमा याशोदा सुवेदी रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण