पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
बुधबार, १६ वैशाख २०८३, १० : २४
लमजुङ । वर्षापछि पहिरो जाँदा यहाँ मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड अवरुद्ध भएको छ । यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका १० विमिरे भञ्ज्याङमा पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए।
उनले भने “गएरातिदेखि नै हालसम्म वर्षा भइरहेका कारण सो क्षेत्रमा पहिरो जाँदा सो मार्गमा आवत जावत गर्ने सवारीसाधन सञ्चालन हुन सकेको छैन ।”
पहिरो तत्काल खुलाउन पहल भइरहे पनि वर्षाले प्रभावित भएको कारण पहिरो खुलाउन समय लाग्छ उनले भने । साथै यस सडकखण्डमा विभिन्न खोला रहेको र सो खोलामा पानीको बहाव उच्च रहेकाले सवारीसाधन सञ्चालन हुन नसक्ने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पासपोर्ट छपाई अनियमितता प्रकरण : महानिर्देशक अर्यालसहित ७ जनाको बयान पूरा
-
सुके धनगढीका चापाकल, उपमहानगरमा पानी बाँड्दै ट्यांकर
-
रास्वपा महाधिवेशन : मतदानका लागि ८० वटा विद्युतीय मेसिन तयार
-
विराटनगरबाट हराएको पेट्रोल ट्याङ्कर सुनसरीमा भेटियो
-
यस वर्षको मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने अनुमान
-
मकवानपुरगढी गाउँपालिकाले ल्यायो ७२ करोड ७५ लाखको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण