युद्ध सुरु भए यता इरानमा २१ जनालाई मृत्युदण्ड, ४ हजारभन्दा बढी पक्राउ
सारांश
- संयुक्त राष्ट्रसंघको मानवअधिकार निकाय 'यूएनएचसीआर'का अनुसार अमेरिका र इजरायलसँगको युद्ध सुरु भए यता इरानमा कम्तीमा २१ जनालाई मृत्युदण्ड दिइएको छ ।
- इरानी प्रशासनले राष्ट्रिय सुरक्षासम्बन्धी आरोपमा ९ जना प्रदर्शनकारी, १० जना विपक्षी समूहका सदस्य र २ जना जासुसी आरोपमा दोषी ठहरिएकालाई मृत्युदण्ड दिएको छ ।
- फेब्रुअरी २८ यता ४ हजारभन्दा बढी मानिसलाई राष्ट्रिय सुरक्षासम्बन्धी मुद्दामा पक्राउ गरिएको छ, जसमध्ये धेरैलाई जबरजस्ती बेपत्ता पारिएको, यातना दिइएको वा अमानवीय व्यवहार गरिएको आरोप छ ।
तेहरान । संयुक्त राष्ट्रसंघको मानवअधिकार निकाय ‘यूएनएचसीआर’का अनुसार अमेरिका र इजरायलसँगको युद्ध सुरु भए यता इरानमा कम्तीमा २१ जनालाई मृत्युदण्ड दिइएको छ ।
यस बिचमा ४ हजारभन्दा बढी व्यक्तिलाई इरानी प्रशासनले पक्राउ गरेको ‘यूएनएचसीआर’ले जनाएको छ । इरानले राष्ट्रिय सुरक्षासम्बन्धी आरोपको नाममा मृत्युदण्ड दिएको ‘यूएनएचसीआर’ प्रमुख भोल्कर टर्कलले बताएका छन् ।
रिपोर्टअनुसार, मृत्युदण्ड दिइएकामध्ये ९ जना सन् २०२६ जनवरीका प्रदर्शनसँग सम्बन्धित थिए । अरु १० जना विपक्षी समूहसँग आवद्ध भएको आरोपमा र २ जना जासुसी आरोपमा दोषी ठहरिएका थिए ।
त्यसैगरी, फेब्रुअरी २८ यता ४ हजारभन्दा बढी मानिसलाई राष्ट्रिय सुरक्षासम्बन्धी मुद्दामा पक्राउ गरिएको अनुमान गरिएको छ । तीमध्ये धेरैलाई जबरजस्ती बेपत्ता पारिएको, यातना दिइएको वा अमानवीय व्यवहार गरिएको आरोप लगाइएको छ ।
पहिलेदेखि नै युद्धका कारण गम्भीर असर परेको अवस्थामा पनि इरानी जनताको अधिकारलाई अझै कठोर र क्रूर तरिकाले हनन् गरिएको देख्दा आफू स्तब्ध भएको टर्कले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शतप्रतिशत जितसहित अर्जेन्टिना समूह विजेता, अल्जेरिया उपविजेता
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण