आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

नक्कली हकदार खडा गरी जग्गा नामसारीको अभियोगमा सात जनाविरूद्ध मुद्दा दायर

बुधबार, १६ वैशाख २०८३, १७ : ३७
बुधबार, १६ वैशाख २०८३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा मृतकको नाममा रहेको जग्गा नक्कली हकदार खडा गरी कीर्ते कागजातका आधारमा नामसारी गरेको अभियोगमा सात जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मालपोत कार्यालय भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत, स्थानीय जनप्रतिनिधि र बिचौलियाको मिलेमतोमा जग्गा हडपेको पुष्टि भएपछि आयोगले आइतबार आरोपपत्र दायर गरेको हो । 

आयोगले तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, मालपोत अधिकृत भूमिश्वर ढकाल, तत्कालीन नायब सुब्बा राजु शर्मा, खरिदार  अजित कुमार साहनी, तत्कालीन वडा अध्यक्ष  राम किशन थारू,  तत्कालीन वडा सदस्य वृजनारायण यादव, जग्गा हत्याउन नक्कली हकदार बन्ने व्यक्ति  बुद्धराम कहार विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

रूपन्देहीको साविक मैनहिया गाविस ९हाल सियारी गाउँपालिका वडा नम्बर २ बस्ने मृतक बेरई कहारको नाममा रहेको कित्ता नं ५०, ७६४, ९१७, ९२९ र ४५, ५६, २० का कूल २ बिघा ५ धुर जग्गा कीर्ते गरी नामसारी गरिएको थियो ।

मृतक बेरई कहारको वास्तविक हकदार उनकी छोरी सन्जु कहार भए तापनि, प्रतिवादी बुद्धराम कहारलाई मृतकको भाइ भनी झुठा नाता प्रमाणित र सर्जमिन मुचुल्का तयार पारिएको अख्तियारको अनुसन्धानमा देखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप