कांग्रेसले सोध्यो कोशीका मन्त्री सुनुवारलाई स्पष्टीकरण
विराटनगर । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रदीप कुमार सुनुवारसहित सात जना जनप्रतिनिधिसँग स्पष्टीकरण माग गरेको छ। गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनीहरूलाई स्पष्टीकरण सोधिएको हो।
ओखलढुङ्गाबाट प्रदेश सभा सदस्यमा निर्वाचित सुनुवारमाथि प्रतिनिधिसभाका उम्मेदवार कुमार लुइँटेललाई अन्तरघात गरेको आरोप छ। उक्त क्षेत्रमा लुइँटेल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग मात्र ५ मतान्तरले पराजित भएका थिए। शेरबहादुर देउवा निकट मानिने सुनुवार पार्टीका पूर्व केन्द्रीय सदस्य समेत हुन्।
बुधबार बसेको अनुशासन समितिको बैठकले सुनुवारका साथै लुम्बिनी प्रदेशका वनमन्त्री देवकरणप्रसाद कलवार र यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेलाई पनि स्पष्टीकरण सोधेको छ। यस्तै, लुम्बिनीका प्रदेश सांसद राजु खनाल तथा मधेस प्रदेशका सांसदहरू जंगीलाल राय, सकुन्तीदेवी महरा र कौशलकिशोर रायलाई पनि कारबाहीको प्रक्रिया अगाडि बढाउँदै ५ दिनभित्र जवाफ पेस गर्न निर्देशन दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : महामन्त्री बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण