कांग्रेसले साेध्याे तीन मन्त्रीसहित सात जनालाई पाँच दिने स्पष्टीकरण
काठमाडौँ । नेपाली कांग्रेसले पार्टी अनुशासन कडाइ गर्दै असहयोग गर्ने नेतामाथि स्पष्टीकरण माग्ने निर्णय गरेको छ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको आरोपमा तीन मन्त्रीसहित सात जना नेताहरूलाई पाँच दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गर्ने निर्णय गरेको हो।
बैठक समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।
समितिको निर्णयअनुसार महासमिति सदस्य तथा लुम्बिनी प्रदेशका वन मन्त्री देवकरण प्रसाद कलवार (सन्तु), पूर्व केन्द्रीय सदस्य तथा कोशी प्रदेशका मन्त्री प्रदिप सुनुवार, लुम्बिनी प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी प्रदेश उपसभापति एवं प्रदेश सभा सदस्य राजु खनाललाई स्पष्टीकरण सोधिएको छ।
त्यसैगरी मधेस प्रदेशका प्रदेश सांसदहरू जंगीलाल राय, सकुन्ती देवी महरा र कौशल किशोर रायलाई पनि अनुशासन उल्लंघनसम्बन्धी आरोपमा स्पष्टीकरण पेस गर्न पत्राचार गर्ने निर्णय गरिएको समितिले जनाएको छ।
पार्टीले आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको विषयलाई गम्भीर रूपमा लिँदै अनुशासन कायम राख्न आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण