नोबेल शान्ति पुरस्कारका लागि २८७ व्यक्ति र संस्थाको नाम सिफारिस, डोनाल्ड ट्रम्प समावेश भए ?
काठमाडाैँ । सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि २८७ जनाको नाम सिफारिस गरिने भएको छ।
नयाँ सिफारिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम पनि समावेश भए नभएको अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन।
नर्वेको नोबेल कमिटीका सचिव क्रिस्टियन बर्ग हार्पविकनले बिहीबार भने, “यस वर्षको मनोनयनमा २०८ व्यक्ति र ७९ संस्थाहरू समावेश छन्।”
उनले गत वर्षको तुलनामा यो पटक धेरै नयाँ नाम रहेको पनि जानकारी दिए। उनले सिफरिसमा अमेरिकी राष्ट्रपति ट्रम्पको नाम समावेश भएको भन्ने विषयमा कुनै टिप्पणी गरेका छैनन्।
“म अहिले यो काममा नयाँ छु,” जनवरी २०२५ मा सचिव नियुक्त भएका हार्पविकनले भने। उनले भने, “मलाई अचम्म लागेको कुरा यो हो कि यो सूची वर्षैपिच्छे कति धेरै परिवर्तन भएको छ। विश्वभरि बढ्दो द्वन्द्व र अन्तर्राष्ट्रिय सहयोगको दबाबका बाबजुद पनि यो पुरस्कार आज पनि सान्दर्भिक छ ।”
उनले भने, “हामी बाँचिरहेको समयमा शान्ति पुरस्कार अझ महत्त्वपूर्ण हुन्छ। पहिले जस्तै र अहिले अझ बढी राम्रो काम भइरहेको छ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा शुल्क उठाउने प्रस्ताव ओमानले गर्यो अस्वीकार
-
उच्च अदालत पाटनका उपरजिस्ट्रार पराजुलीको निधन, आजका सबै सुनुवाइ स्थगित
-
सुरक्षा चुनौतीबिच पनि स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन जारी
-
युक्रेनी आक्रमणका कारण इन्धन अभाव भएको पुटिनको स्वीकारोक्ति
-
नगर प्रहरीलाई कानुनले नदिएको अधिकार अदालतले दियो कि ?
-
आफ्नो कमजोरीको दोष शासकीय स्वरूपलाई नथोपरौँ, व्यवस्थामाथि धावा बोल्नु गलत : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण