नेपालगन्जमा जेनजी आन्दोलनका दुई सहिदको शालिक अनावरण
शुक्रबार, १८ वैशाख २०८३, १४ : १८
सारांश
- बाँकेको नेपालगन्जमा जेनजी आन्दोलनका दुई सहिद युवाको अर्धकदको शालिक अनावरण गरिएको छ।
- नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझीस्थित वाटरपार्क परिसरमा सहिद शुलभराज श्रेष्ठ र आयुष थापाको शालिक अनावरण गरिएको हो।
- गत भदौ २३ गते काठमाडौं मा भएको जेनजी आन्दोलनका क्रममा यी दुई युवाले सहादत प्राप्त गरेका थिए।
बुटवल । बाँकेको नेपालगन्जमा जेनजी आन्दोलनका दुई सहिद युवाको अर्धकदको69 शालिक अनावरण गरिएको छ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझीस्थित वाटरपार्क परिसरमा निर्माण गरिएको सहिद शुलभराज श्रेष्ठ र आयुष थापाको शालिक आज एक समारोहबीच अनावरण गरिएको हो।
गत भदौ २३ गते काठमाडौं मा भएको जेनजी आन्दोलनका क्रममा नेपालगन्ज धम्बोझीका यी दुई युवाले सहादत प्राप्त गरेका थिए।
धम्बोझीस्थित ब्याडमिन्टन प्रशिक्षण केन्द्रको हाताभित्र निर्माण गरिएको शालिकको अनावरण नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल तथा सहिदद्वयका अभिभावकहरूले संयुक्त रूपमा गरेका हुन्।
सहिदहरूको सम्झनामा वडा कार्यालयले योग तथा खोप केन्द्र भवनका साथै ओपन जिम पार्क समेत निर्माण गरिएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण