२२ करोड डलरको तेल बोकेको इरानी सुपरट्यांकरले छल्यो अमेरिकी नाकाबन्दी
सारांश
- अमेरिकी नाकाबन्दी छल्दै इरानको २२ करोड डलर मूल्य बराबरको कच्चा तेल बोकेको जहाज एशिया-प्रशान्त क्षेत्रमा प्रवेश गरेको छ ।
- करिब १९ लाख ब्यारेल कच्चा तेल बोकेको उक्त जहाज लोम्बोक स्ट्रेट हुँदै रियाउ द्वीपसमूह तर्फ गइरहेको छ ।
- जहाजले मार्च २० पछि आफ्नो अटोमेटिक आइडेन्टिफिकेशन सिस्टम (एआईएस) बन्द राखेको थियो ।
तेहरान । इरानको राष्ट्रिय ट्यांकर कम्पनीको स्वामित्वमा रहेको कच्च तेल बोृक्ने ठूलो जहाज भीएलसीसी एशिया प्रशान्त क्षेत्रमा प्रवेश गरेको छ ।
अमेरिकी नौसेनाको नाकाबन्दी छल्दै जहाज एशिया–प्रशान्त क्षेत्रमा प्रवेश गरेको बताइएको छ । ट्यांकर ट्रयाक गर्ने संस्था ट्याङ्करट्रयाकरडटकमलाई उद्धृत गर्दै अल जजिराले यो समाचार सार्वजनिक गरेको हो ।
उक्त जहाजले करिब १९ लाख ब्यारेल कच्चा तेल बोकेको र यसको मूल्य झण्डै २२ करोड डलर भएको बताइएको छ । सो जहाजलाई एक साताअघि श्रीलंका नजिकै देखिएको थियो । हाल उक्त ट्यांकर लोम्बोक स्ट्रेट हुँदै रियाउ द्वीपसमूह तर्फ गइरहेको जनाइएको छ । ट्यांकर ट्रयाकर्सका अनुसार भीएलसीसी अप्रिल १३ मा इरानी जलक्षेत्रमा थियो, त्यही दिन अमेरिकी जलसेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी घोषणा गरेको थियो ।
साथै, जहाजले मार्च २० पछि आफ्नो अटोमेटिक आइडेन्टिफिकेशन सिस्टम (एआईएस) बन्द राखेको थियो, जुन उसले स्ट्रेट अफ होर्मुजबाट इरानतर्फ जाँदा बन्द गरेको बताइएको छ ।
यसअघि अप्रिल २९ मा इरानी सरकारी सञ्चारमाध्यमहरूले कम्तीमा ५२ इरानी जहाजहरूले अमेरिकी नाकाबन्दी तोडेको दाबी गरेका थिए । तर अमेरिकी सेनाले भने नाकाबन्दी सुरु भएयता इरानसँग सम्बन्धित करिब ४१ जहाजलाई फर्कन बाध्य बनाइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘के’ बाट कोलम्बिया, पोर्चुगल र डीआर कङ्गो अन्तिम ३२ मा
-
डीआर कङ्गोले रच्यो इतिहास, पहिलोपटक विश्वकपकाे नकआउट चरणमा
-
गोलरहित बराबरीसँगै कोलम्बिया र पोर्चुगल नकआउट चरणमा
-
डीआर कङ्गोका चर्चित फुटबल समर्थकलाई अमेरिकी भिसा अस्वीकृत
-
कङ्गोको पुनरागमन, उज्बेकिस्तानविरुद्ध २–१ को अग्रता
-
नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको २ किलो अफिमसहित दुई नेपाली र एक भारतीय पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण