अमेरिकी नाकाबन्दीले इरानलाई झन्डै ५ अर्ब घाटा
सारांश
- अमेरिकाले गल्फ अफ ओमानमा अप्रिल १३ मा लगाएको नाकाबन्दीका कारण इरानलाई झन्डै ५ अर्ब डलर घाटा भएको अनुमान गरिएको छ ।
- नाकाबन्दी शुरु भएयता अमेरिकाले इरानी तेल र अन्य सामान बोकेका ४० भन्दा बढी जहाजहरूलाई मार्ग परिवर्तन गराएको छ ।
- हाल ३१ वटा ट्यांकरमा लोड गरिएको करिब ५३ मिलियन ब्यारेल इरानी तेल खाडी क्षेत्रमा अड्किएको छ, जसको कुल मूल्य करिब ४ अर्ब ८० करोड डलर बराबर रहेको बताइएको छ ।
तेहरान । अमेरिकाले गल्फ अफ ओमानमा अप्रिल १३ मा लगाएको नाकाबन्दीका कारण इरानलाई झन्डै ५ अर्ब डलर घाटा भएको अनुमान गरिएको छ ।
एक्सियोसले अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरुलाई उद्धृत गर्दै यस्तो समाचार छापेको हो । नाकाबन्दी शुरु भएयता अमेरिकाले इरानी तेल र अन्य सामान बोकेका ४० भन्दा बढी जहाजहरू ९ को मार्ग परिवर्तन गराएको छ ।
हाल ३१ वटा ट्यांकरमा लोड गरिएको करिब ५३ मिलियन ब्यारेल इरानी तेल खाडी क्षेत्रमा अड्किएको छ, जसको कुल मूल्य करिब ४ अर्ब ८० करोड डलर बराबर रहेको बताइएको छ । तीमध्ये दुईवटा जहाज नियन्त्रणमा लिइएका छन् ।
स्थलमा रहेका भण्डारण सुविधा भरिँदै गएपछि इरानले पुराना ट्यांकरहरूलाई “फ्लोटिङ स्टोरेज”का रूपमा प्रयोग गर्न थालेको छ । साथै, केही जहाजहरूले अमेरिकी अवरोधबाट बच्न चीनतर्फ लामो र महँगो मार्ग प्रयोग गरिरहेका छन् ।
विश्लेषकहरूका अनुसार इरानसँग विकल्पहरू सीमित हुँदै गएका छन् । इरानको भण्डारण क्षमता केही हप्ता वा बढीमा एक महिनाभित्र समाप्त हुन सक्ने चेतावनी यूरोशिया गु्रपका ग्रेगरी ब्रिउले एक्सियोसलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फस्ट हाफमा जोर्डनविरुद्ध अर्जेन्टिना २–० ले अगाडि, अल्जेरिया–अस्ट्रिया बराबरीमा
-
पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध
-
ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व सङ्कलन
-
नक आउट चरणमा पोर्चुगल र क्रोएसिया भिड्ने पक्का
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
जोर्डनविरुद्ध अर्जेन्टिनाको दोस्रो गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण