लिपुलेकका विषयमा रवि लामिछानेले गरे सबै संसदीय दलका नेतासँग टेलिफोन वार्ता
आइतबार, २० वैशाख २०८३, २२ : ४६
सारांश
- लिपुलेक हुँदै मानसरोवर यात्राका विषयमा भारतलाई कूटनीतिक नोट पठाएपछि रवि लामिछानेले संसदीय दलका नेताहरूसँग टेलिफोन वार्ता गरेका छन् ।
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले यस विषयमा सबै दलको साझा धारणा बनाउन पहल गरेका हुन् ।
- उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूसँग संवाद गरेका थिए ।
काठमाडौँ । नेपाल सरकारले नेपाली भूमि लिपुलेकहुँदै कैलाश मानसरोवर यात्राका विषयमा भारतलाई कूटनीतिक नोट पठाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यस विषयमा चासो देखाउँदै संसद्मा रहेका सबै राष्ट्रिय दलका नेताहरूसँग सम्पर्क गरेका छन् ।
सरकारले आइतबार परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक नोट पठाइसकेको जानकारी गराएपछि सभापति लामिछानेले राष्ट्रिय महत्वको यस विषयमा सबै दलको साझा धारणा बनाउन पहल गरेका हुन ।
यस क्रममा उनले नेपाली कांग्रेसका संसदीय दलका नेता, नेकपा एमालेका संसदीय दलका नेता, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष, श्रम संस्कृति पार्टीका अध्यक्ष र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसँग सङ्क्षिप्त टेलिफोन संवाद गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण