आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

बुटवलबाट ४३ लाखभन्दा बढीको अवैध सामग्रीसहित एक जना पक्राउ

सोमबार, २१ वैशाख २०८३, १७ : ३८
सोमबार, २१ वैशाख २०८३

बुटवल। बुटवलबाट प्रहरीले करिब ४३ लाख २१ हजार पाँच सय रुपैयाँ मूल्य बराबरको अवैध हुक्का र भेपसहित एक जनालाई पक्राउ गरेको छ। सोमबार बुटवल उपमहानगरपालिकाको कालिकानगरस्थित एक गोदामबाट पिंकु जयसवाललाई उक्त सामानसहित प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बरामद गरिएका सामग्रीहरूमा १५७ थान हुक्का–भेप, १,४२२ थान कोइला, ५५२ थान फ्लेभर, १६० थान हुक्का सेट, ३३ थान बेस, ४५ थान एयर बलर, ६०० थान पाइप, १०० थान प्लाउट, ७०० थान चिलिम र २२ थान हिटर रहेका छन्।

पक्राउ परेका जयसवालसहित बरामद सामग्री थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप