मोटरसाइकलमा लिफ्ट दिएर महिलामाथि अश्लील हर्कत गर्ने युवक पक्राउ
सारांश
- स्याङ्जामा मोटरसाइकलमा लिफ्ट दिने बहानामा एक महिलामाथि सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने २० वर्षीय युवक पक्राउ परेका छन्।
- पीडित महिलाको जाहेरीका आधारमा प्रहरीले पुतलीबजार नगरपालिका वडा नं. १ बाट भाग्दै गरेको अवस्थामा दिवस सुनारलाई नियन्त्रणमा लिएको हो।
- प्रहरीले अपरिचित व्यक्तिले मोटरसाइकलमा लिफ्ट दिने प्रस्ताव गरेमा सचेत रहन महिलाहरूलाई अनुरोध गरेको छ।
स्याङ्जा । स्याङ्जामा लिफ्ट दिने बहानामा एक महिलामाथि सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने २० वर्षीय युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ९ का २० वर्षीय दिवस सुनार रहेका छन्। पीडित महिलाको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेशन टोलीले उनलाई पुतलीबजार नगरपालिका वडा नं. १ बाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार २०८३ वैशाख २२ गते बिहान करिब ७:०० बजेको समयमा ती युवकले महिलालाई आफ्नो मोटरसाइकलमा लिफ्ट दिएका थिए। उनले पुतलीबजार नगरपालिका वडा नं. १ स्थित मलेबगरको एक एकान्त सडक खण्डमा पुर्याएर महिलासँग फोन नम्बर मागेका थिए। महिलाले नम्बर दिन अस्वीकार गरेपछि ती युवकले आफ्नो शरीरको तल्लो भागको कपडा खोलेर अश्लील हर्कत देखाएका थिए।
पक्राउ परेका सुनारमाथि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ। यसैबिच, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले एक विज्ञप्ति जारी गर्दै कुनै पनि अपरिचित व्यक्तिले मोटरसाइकलमा लिफ्ट दिने प्रस्ताव गरेमा सम्पूर्ण महिलाहरूलाई सतर्क र सचेत रहन विशेष अनुरोध गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शतप्रतिशत जितसहित अर्जेन्टिना समूह विजेता, अल्जेरिया उपविजेता
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण