बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरण

पोखरा विमानस्थलमा भ्रष्टाचार : तेस्रो मुद्दा बोकेर अख्तियार पुग्यो विशेष अदालत

बिहीबार, २४ वैशाख २०८३, १६ : २५
बिहीबार, २४ वैशाख २०८३

सारांश

  • पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो मुद्दा बोकेर विशेष अदालत पुगेको छ ।
  • केही पूर्वमन्त्रीहरूलाई विपक्षी बनाएर दायर गरिएको मुद्दा अहिले विशेष अदालतमा रूजु हुने प्रक्रियामा रहेको अख्तियार स्रोतले बताएको छ ।
  • यसअघि चैतमा अख्तियारले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो ।

काठमाडौँ । पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो मुद्दा बोकेर विशेष अदालत पुगेको छ । 

केही पूर्वमन्त्रीहरूलाई विपक्षी बनाएर दायर गरिएको मुद्दा अहिले विशेष अदालतमा रूजु हुने प्रक्रियामा रहेको अख्तियार स्रोतले बतायो । 
यसअघि चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो । 

अख्तियारले पहिलो मुद्दा दायर गर्दा नै पोखरा विमानस्थल निर्माणमा राजस्व छुटलगायतका विषयमा अनुसन्धान भइरहेको र छिट्टै मुद्दा दायर हुने भनि विवरण पेस गरेको थियो ।

यस्तै मंसिरमा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, डा रामशरण महत र स्वर्गीय पोष्टबहादुर बोगटीलाई विपक्षी बनाएर अख्तियारले मुद्दा दर्ता गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप