इरानले गर्यो यूएईमाथि मिसाइल र ड्रोन आक्रमण
शुक्रबार, २५ वैशाख २०८३, १० : २९
सारांश
- संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानबाट आफूमाथि मिसाइल र ड्रोन आक्रमण भइरहेको जनाएको छ ।
- यूएईको रक्षा मन्त्रालयले देशभरि मिसाइल र मानवरहित हवाई साधन (यूएभी) विरुद्ध प्रतिकारात्मक कारबाही जारी रहेको जानकारी दिएको हो ।
- शुक्रबार बिहान देशका विभिन्न क्षेत्रमा विस्फोटजस्ता आवाज सुनिएको थियो र सुरक्षा निकायहरूले सर्वसाधारणलाई शान्त रहन आग्रह गरेका छन् ।
आबुधाबी । संयुक्त अरब इमिरेट्सले इरानबाट मिसाइल र ड्रोन आक्रमण भइरहेको जनाएको छ । यूएईको रक्षा मन्त्रालयले अरबी भाषामा जारी गरेको वक्तव्यमा देशभरि मिसाइल र मानवरहित हवाई साधन (यूएभी) विरुद्ध प्रतिकारात्मक कारबाही जारी रहेको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार शुक्रबार बिहान देशका विभिन्न क्षेत्रमा विस्फोटजस्ता आवाज सुनिएको थियो । सुरक्षा निकायहरूले सर्वसाधारणलाई शान्त रहन र सम्बन्धित निकायबाट जारी गरिएका सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेका छन् ।
यसअघि अप्रिल ९ मा अमेरिका–इरान युद्धविराम सुरु भएसँगै यूएईले आफ्नो हवाई क्षेत्र सुरक्षित रहेको घोषणा गरेको थियो । तर त्यसपछि पनि यूएईले इरानबाट आएका आक्रमणहरू अवरोध गर्दै आएको बताइएको छ । पछिल्ला दुई महिनामा इरानबाट भएका आक्रमणमध्ये सबैभन्दा धेरै आक्रमण यूएईले सामना गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फस्ट हाफमा जोर्डनविरुद्ध अर्जेन्टिना २–० ले अगाडि, अल्जेरिया–अस्ट्रिया बराबरीमा
-
पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध
-
ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व सङ्कलन
-
नक आउट चरणमा पोर्चुगल र क्रोएसिया भिड्ने पक्का
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
जोर्डनविरुद्ध अर्जेन्टिनाको दोस्रो गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण