बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक

शुक्रबार, २५ वैशाख २०८३, १० : ५४
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ पुगेको छ।
  • यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ३०० रुपैयाँले बढी हो।
  • सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ, जुन प्रतितोला १२० रुपैयाँले बढेर ५ हजार २७५ रुपैयाँ पुगेको छ।

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ पुगेको हो। 

यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ३०० रुपैयाँले बढी हो। बिहीबार सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ११५ रुपैयाँ कायम गरिएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला १२० रुपैयाँले बढेर ५ हजार २७५ रुपैयाँ पुगेको छ। 

बिहीबार चाँदी प्रतितोला ५ हजार १५५ रुपैयाँमा खरिदबिक्री भएको थियो। आज १० ग्राम चाँदीको मूल्य भने ४ हजार ५२३ रुपैयाँ रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप