बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अदालत

प्रधान न्यायाधीशमा शर्माको नाम सिफारिस भएपछि पेसी व्यवस्थापनमा असर

शुक्रबार, २५ वैशाख २०८३, ११ : २१
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • प्रधान न्यायाधीशमा चौथो वरीयताका मनोजकुमार शर्माको नाम सिफारिस भएको असर सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा देखिएको छ ।
  • सर्वोच्च अदालत शनिबार र आइतबार सार्वजनिक बिदा दिन थालेपछि बिहान साढे ९ देखि १० बजेभित्र दैनिक पेशी सूची सार्वजनिक हुने गरेकोमा आज सवा ११ बजेसम्म पेसी सूची तोकिएको छैन ।
  • न्यायाधीशहरू जम्मा भएर गोला तान्नुपर्नेमा आज दुई घण्टा ढिला हुँदा पनि पेसी नतोकिएपछि अन्योलको अवस्था देखिएको छ ।

काठमाडौँ । प्रधान न्यायाधीशमा चौथो वरीयताका मनोजकुमार शर्माको नाम सिफारिस भएको असर सर्वोच्च अदालतको पेसी व्यवस्थापनमा देखिएको छ ।

पछिल्लो समय सर्वोच्च अदालत शनिबार र आइतबार सार्वजनिक बिदा दिन थालेपछि बिहान साढे ९ देखि १० बजेभित्र दैनिक पेसी सूची सार्वजनिक हुने गरेकोमा आज सवा ११ बजेसम्म पेसी सूची तोकिएको छैन । 

सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले भने प्राविधिक कारणले मात्रै पेसी सूची तोक्न ढिला भएको बताए । न्यायाधीशहरू जम्मा भएर गोला तान्नुपर्नेमा आज दुई घण्टा ढिला हुँदा पनि पेसी नतोकिएपछि अन्योलको अवस्था देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप