सशस्त्रका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्ने निर्णय
शुक्रबार, २५ वैशाख २०८३, २० : २०
सारांश
- सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरीक्षक (एस एसएसपी)हरूलाई नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्ने निर्णय गरिएको छ ।
- प्रधानमन्त्री बालेन्द्र शाहले एसएसपीहरूलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन् ।
- वैशाख ११ मा बसेको बढुवा समितिको बैठकले उनीहरूलाई डीआईजी बढुवा गर्न सिफारिस गरेको थियो ।
काठमाडौँ । सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्ने निर्णय गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले एसएसपीहरूलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन्।
डीआईजीमा बढुवा हुनेमा दिग विजय सुवेदी, किरण बस्नेत, माधव प्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्र बहादुर कार्की छन् ।
वैशाख ११ मा बसेको बढुवा समितिको बैठकले उनीहरूलाई डीआईजी बढुवा गर्न सिफारिस गरेको थियो । गृहमन्त्रीबाट सुधन गुरुङले राजीनामा दिएसँगै गृह मन्त्रालय प्रधानमन्त्रीले नै राखेकोले शाहले नै बढुवा नियुक्तिको निर्णय गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण