पहिलो पाइला नेपालको नयाँ कार्यसमिति चयन
सारांश
- पहिलो पाइला नेपालको छैटौँ अधिवेशनबाट गौरव खनालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
- नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा रुद्र खनाल, द्वितीय उपाध्यक्षमा नरेश न्यौपाने, सचिवमा सन्तोष सुनार, सहसचिवमा रक्षा न्यौपाने, कोषाध्यक्षमा विकास पौडेल तथा सहकोषाध्यक्षमा प्रकाश जिसी चयन भएका छन्।
- वरिष्ठ पत्रकार टिकाराम यात्रीले उद्घाटन गरेको अधिवेशनमा संस्थाले सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरिएको थियो।
बुटवल । सामाजिक क्षेत्रमा सक्रिय संस्था पहिलो पाइला नेपालको छैटौँ अधिवेशनबाट गौरव खनालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। शनिबार सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि संस्थाको नयाँ नेतृत्व तय गरेको हो।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा रुद्र खनाल, द्वितीय उपाध्यक्षमा नरेश न्यौपाने, सचिवमा सन्तोष सुनार, सहसचिवमा रक्षा न्यौपाने, कोषाध्यक्षमा विकास पौडेल तथा सहकोषाध्यक्षमा प्रकाश जिसी चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा युवराज डुम्रे, सुनिता पन्थी, सुरज भुसाल, तुल्सिराम खनाल, अञ्जन खनाल, संविधान पौडेल, युवराज ज्ञवाली र मनिषा यादव सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
अधिवेशनको उद्घाटन वरिष्ठ पत्रकार टिकाराम यात्रीले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले पहिलो पाइला नेपालले सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै संस्थाले आगामी दिनमा अझ प्रभावकारी ढंगले समाजसेवाका गतिविधि विस्तार गर्ने विश्वास व्यक्त गरे।
उनले सामाजिक कार्यमा निरन्तरता, दूरदर्शी सोच, स्पष्ट कार्ययोजना र जिम्मेवार नेतृत्वको आवश्यकता औंल्याउँदै नयाँ कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे।
अधिवेशनमा संस्थाका पदाधिकारी, सदस्य, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नयाँ नेतृत्व चयनसँगै संस्थाले सामाजिक सेवा, जनचेतना तथा समुदाय विकासका कार्यक्रमलाई थप सशक्त रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण