राष्ट्रिय परिचयपत्र बनाउन एक लाख ८५ हजारभन्दा बढीको विवरण दर्ता
सङ्खुवासभा । सङ्खुवासभामा राष्ट्रिय परिचयपत्र बनाउन एक लाख ८५ हजारभन्दा बढी नागरिकको विवरण दर्ता भएको छ।
जिल्ला प्रशासन कार्यालय खाँदबारी र इलाका प्रशासन कार्यालय चैनपुरबाट विसं २०७६ साउन ३ गतेदेखि विवरण दर्ता सुरु गरिएको थियो। हालसम्म ९१ हजार तीन पुरुष र ९४ हजार ४२ महिलाले वितरण दर्ता गराएका राष्ट्रिय परिचयपत्र वितरण शाखा खाँदबारीका प्रमुख आशा जबेगुले जानकारी दिए । तीमध्ये २५ हजार कार्ड छपाइ भएका र १० हजार ७६१ जनाले कार्डसमेत पाइसकेको उनले बताए।
सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि दोस्रो चरणमा प्रदेश कोशी प्रदेशका सङ्खुवासभा र झापाबाट दर्ता सङ्कलन सुरु गरेको थियो । राष्ट्रिय परिचयपत्रका लागि जिल्लाका १० वटा स्थानीय तहमा पुगेर घुम्ती शिविरमार्फत समेत दर्ता सङ्कलन गरिएको थियो।
स्थानीय तहमा छुट भएका तथा नयाँ नागरिकता र राहदानीका लागिसमेत राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। पछिल्लो समय नागरिकता र राहदानी बनाउनेको सङ्ख्या वृद्धि भएसँगै राष्ट्रिय परिचयपत्र दर्ता सङ्कलनको सङ्ख्या वृद्धि भएको शाखा प्रमुख जबेगुले बताए।
परिचयपत्र बनाउन नागरिकता, विवाह दर्ता, बसाइँसराइ कागजको सक्कल अनिवार्य गरिएको छ । विवरण दर्ता गराइए पनि कार्ड छपाइ प्रक्रिया सुस्त हुँदा जिल्लामा २०७७ असोजदेखि कार्ड नआएको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता
-
तरकारी खेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वक्तृत्वकलाको उपाधि अधिकारीलाई
-
कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण