एक बालक दुई दिनदेखि बेपत्ता, खोजीकार्य जारी
सिरहा । बरियारपट्टी गाउँपालिका–४ सोहपुरस्थित मामाघरमा बस्दै आएका तीन वर्षीय बालक अभियांशुकुमार यादव दुई दिनदेखि बेपत्ता भएका छन् । गत शनिबार दिउँसोदेखि सम्पर्कविहीन भएका बालकको अवस्था हालसम्म अज्ञात छ ।
लक्ष्मीपुर पतारी गाउँपालिका–१ नवटोली घर भएका भोगेन्द्र यादवका छोरा अभियांशु मामाघरमा रहेकै बेला शनिबार बिहान करिब २ बजेदेखि बेपत्ता भएका थिए । घरबाट करिब ५० मिटर उत्तरतर्फ रहेको पोखरीमा बालक डुबेको हुनसक्ने आशंकामा सशस्त्र प्रहरीको बर्दिवासस्थित बाहिनीबाट गोताखोर टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजङ्ग थापाले गोताखोर टोलीले पोखरीको गहिराइसम्म पुगेर खोजी गरिरहेको बताए । उनले भने, “बर्दिवासबाट आएको गोताखोरसहितको विशेष टोलीले पोखरीमा खोजी जारी राखेको छ । हालसम्म बालकको कुनै सुराक फेला परेको छैन ।”
बरियारपट्टी गाउँपालिका–४ का वडाध्यक्ष नवीन यादवले सुरुमा स्थानीयस्तरबाटै खोजी गरिए पनि पत्ता नलागेपछि हाल सशस्त्र प्रहरीको टोली परिचालन गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण