२१ वर्षदेखि फरार सवारी ज्यान मुद्दाका आरोपी पक्राउ
सोमबार, २८ वैशाख २०८३, २० : ३५
वीरगन्ज । पर्सा प्रहरीले २१ वर्षदेखि सवारी ज्यान मुद्दाका फरार एक आरोपीलाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा प्रहरीको टोलीले घरमा लुकीछिपी बस्दै आएका फरार आरोपीलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर–५ निवासी ४७ वर्षीय दिनेश प्रसाद यादवलाइ पक्राउ गरेको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले जानकारी दिए ।
उनका अनुसार ०६२ सालको मंसिर १५ गते वीरगन्जको गण्डक चोकमा पैदल यात्रीलाइ ठक्कर दिएका थिए, त्यसपछि उपचारको क्रममा घाइते पैदल यात्री बारा जितपुर निवासी कालिका सिंह राजपुतको मृत्यु भएको थियो । सोही घटनापश्चात् फरार रहेका यादवलाई अहिले पक्राउ परेका प्रहरीले जनाएको छ ।
पक्राउ परेका यादवलाई जिल्ला प्रहरीको हिरासतमा राखी सवारी ज्यान मुद्दामा अनुसन्धान सुरु गरिएको पर्सा प्रहरीको कार्यालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण