बारामा १६ जना फरार प्रतिवादी पक्राउ
मङ्गलबार, २९ वैशाख २०८३, ०८ : ५८
सारांश
- जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मुद्दामा दोषी ठहर भई सजाय भुक्तान गर्न बाँकी रहेका १६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ।
- फरार प्रतिवादीहरूलाई बारा जिल्लाका विभिन्न स्थानबाट प्रहरी टोलीले पक्राउ गरेको हो।
- पक्राउ परेकाहरूलाई फैसला कार्यान्वयनका लागि बारा जिल्ला अदालतमा बुझाइएको छ।
बारा । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गर्न बाँकी रहेका १६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ।
बारा जिल्ला अदालतबाट दण्ड सजाय तोकिएपछि फरार रहँदै आएका उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा चेक अनादर, भैँसी चोरी, सवारी ज्यान, खोटा चलन, कुटपिट र सरकारी छाप दस्तखत किर्ते जस्ता मुद्दाका प्रतिवादीहरू रहेका छन्। पक्राउ परेका व्यक्तिहरूलाई फैसला कार्यान्वयनका लागि बारा जिल्ला अदालतमा बुझाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण