इरानमाथि अस्ट्रेलियाको नयाँ प्रतिबन्ध र यात्रा प्रतिबन्ध
सारांश
- अस्ट्रेलियाले इरानका सात जना व्यक्ति र चार संस्थामाथि नयाँ प्रतिबन्ध तथा यात्रा प्रतिबन्ध लगाएको छ ।
- अस्ट्रेलियाको आरोप छ कि इरानी शासनले आफ्ना नागरिकमाथि क्रूर दमन गर्दै आएको छ र क्षेत्रीय अस्थिरता बढाएको छ ।
- प्रतिबन्धितमा महिला तथा बालबालिकामाथि हिंसामा संलग्न वरिष्ठ अधिकारी र निकायहरू तथा इरानको छाया बैंकिङ प्रणाली पनि समावेश छन् ।
सिड्नी । अस्ट्रेलियाले इरानमाथि नयाँ प्रतिबन्ध लगाएको छ । त्यहाँकी विदेशमन्त्री पेनी वोङले इरानविरुद्ध नयाँ प्रतिबन्ध तथा यात्रा प्रतिबन्ध घोषणा गरेकी छिन् ।
अस्ट्रेलियाले इरानका सात जना व्यक्ति र चार संस्थामाथि प्रतिबन्ध लगाएको हो । आफ्ना नागरिकमाथि इरानले निरन्तर क्रूर दमन गर्दै आएको र क्षेत्रीय अस्थिरता बढाएको आरोप अस्ट्रेलियाको छ ।
वोङले जारी गरेको वक्तव्यमा इरानी शासनले हजारौँ आफ्नै नागरिकको हत्या गरेको तथा शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई सामूहिक रूपमा पक्राउ गरेको उल्लेख गरिएको छ । उनका अनुसार प्रतिबन्धित सात व्यक्ति र चार संस्थामा महिला तथा बालबालिकामाथि हिंसामा संलग्न वरिष्ठ अधिकारी र निकायहरू पनि समावेश छन् । अस्ट्रेलियाले इरानको तथाकथित छाया बैंकिङ प्रणालीलाई पनि निशाना बनाएको जनाएको छ ।
उक्त प्रणालीमार्फत इरानले हमासजस्ता समूहलाई सहयोग गर्ने, ब्यालिस्टिक मिसाइल कार्यक्रम सञ्चालन गर्ने तथा अन्य अस्थिर गतिविधिमा संलग्न रहने आरोप लगाइएको छ । यी नयाँ प्रतिबन्धहरू अमेरिका र बेलायतले सोमबार इरानी व्यक्ति तथा संस्थामाथि नयाँ प्रतिबन्ध घोषणा गरेपछि आएका हुन् ।
प्रतिबन्ध इरानलाई हतियार कार्यक्रम, आतङ्कवादी सहयोगी समूह तथा आणविक महत्वाकांक्षाका लागि आवश्यक वित्तीय स्रोतबाट वञ्चित गराउने आफ्नो योजनाको हिस्सा भएको अमेरिकी भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
-
सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण