आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीको कार्यतालिका सोध्ने र उपस्थिति तोक्ने अधिकार सभामुखलाई छैन : सभामुख

प्रधानमन्त्रीको उपस्थितिबारे आजै बेलुका छलफल गर्ने प्रतिबद्धता
बुधबार, ३० वैशाख २०८३, १५ : ४२
बुधबार, ३० वैशाख २०८३

सारांश

  • प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफूलाई प्रधानमन्त्री बालेन्द्र साहलाई संसद्को बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार नभएको बताएका छन्।
  • सभामुख अर्यालले कुनै पनि सांसदलाई सभामा उपस्थितिका लागि कार्यतालिका तोक्ने अधिकार र कानुनी आधार आफूसँग नभएको स्पष्ट पारे।
  • सभामुख अर्यालले बैठक सुचारु गराउन विपक्षी दलका सांसदहरूलाई आग्रह गर्दै प्रधानमन्त्री साहसँग आजै बेलुका उहाँको उपस्थितिका विषयमा आफूले छलफल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

काठमाडौा । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफूलाई प्रधानमन्त्री बालेन्द्र साहलाई संसद्को बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार नभएको बताएका छन्। 

विपक्षी दलका सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीलाई अनिवार्य उपस्थित गराउन रुलिङको माग गरेपछि उनले यस्तो प्रष्ट पारेका हुन्। 

सभामुख अर्यालले कुनै पनि सांसदलाई सभामा उपस्थितिका लागि कार्यतालिका तोक्ने अधिकार र कानुनी आधार आफूसँग नभएको स्पष्ट पारे। संसद्मा बोल्दै सभामुख अर्यालले कानुन निर्माणको थलो भएकाले स्थापित नियम र कानुनमा टेकेर नै सदन सञ्चालन गर्नुपर्नेमा जोड दिए। 

सांसदहरूले प्रधानमन्त्री आउने सुनिश्चितता खोजेको विषयमा टिप्पणी गर्दै उनले भविष्यको कार्यतालिका निर्धारण गर्न सभामुख असमर्थ रहेको बताए। उनले भने, ‘हामी कानुन निर्माणको थलोमा छौँ। हामी त्यही कानुनमा टेकेर सभा सञ्चालन गरिरहेका छौँ। हामी त्यसैमा टेकेर सदन सञ्चालन गर्न चाहन्छौँ। तर अहिले माननीय सदस्यहरूले के प्रश्न गरिरहनुभएको छ भने सम्माननीय प्रधानमन्त्री आउने सुनिश्चितता गर्नुपर्‍यो भनेर। म माननीय सदस्यहरूलाई आगामी दिन पनि कोही पनि माननीय सदस्यज्युहरूको सम्माननीय प्रधानमन्त्रीज्युको मात्रै होइन, कोही पनि माननीय सदस्यज्यूहरू भोलि यो सदनमा आउन सक्नु हुन्छ वा सक्नु हुन्न भनेर आज नै सभामुखले उहाँ सदस्यको भोलिसम्मको कार्यतालिका सोध्न सक्ने कुनै आधार अधिकार मैले देख्दिनँ।’

सभामुख अर्यालले बैठक सुचारु गराउन विपक्षी दलका सांसदहरूलाई आग्रह गर्दै प्रधानमन्त्री साहसँग आजै बेलुका उहाँको उपस्थितिका विषयमा आफूले छलफल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। विपक्षीको अवरोध र सभामुखको प्रष्टीकरणपछि प्रतिनिधि सभाको बैठक पुनः १५ मिनेटका लागि स्थगित भएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप