केरलामा कांग्रेसले बिहीबार मुख्यमन्त्रीको उम्मेदवार घोषणा गर्ने, को–को छन् दौडमा ?
सारांश
- केरलामा बिहीबार भारतीय कांग्रेसले मुख्यमन्त्रीको उम्मेदवार घोषणा गर्ने भएको छ ।
- कांग्रेस व्यवस्थापिका दलले पार्टी नेतृत्वलाई नेता छनौट गर्ने अधिकार दिएको छ र भोलि निर्णय घोषणा गरिनेछ ।
- मुख्यमन्त्रीको दौडमा केसी वेणुगोपाल, वीडी सतीसन र रमेश चेन्नीथलाको नाम अगाडि आएको छ ।
केरला । केरला राज्यमा बिहीबार भारतीय कांग्रेसले मुख्यमन्त्रीको उम्मेदवार घोषणा गर्ने भएको छ । कांग्रेस नेता जयराम रमेशले सो कुराको जानकारी दिएका हुन् ।
उनले भनेका छन्, ‘कांग्रेस व्यवस्थापिका दलले पार्टी नेतृत्वलाई नेता छनौट गर्ने अधिकार दिएको छ। हाईकमान्डले छलफल पूरा गरिसकेको छ र भोलि निर्णय घोषणा गरिनेछ।’
केरलामा हालै भएको विधानसभा चुनावपछि कांग्रेस नेतृत्वको संयुक्त लोकतान्त्रिक मोर्चाले जित हासिल गरेको छ।
सो राज्यमा मुख्यमन्त्री पदको दौडमा तीन जनाको नाम अगाडि आएको छ । मुख्यमन्त्रीको दौडमा रहेका नेताहरूमा केसी वेणुगोपाल, अघिल्लो पटक केरला विधानसभामा विपक्षी नेता रहेका वीडी सतीसन र वरिष्ठ कांग्रेस नेता रमेश चेन्नीथला रहेका छन् ।
पार्टी नेतृत्वका अनुसार सबै पक्षको मूल्याङ्कनका आधारमा अन्तिम नाम तय गरिनेछ। यसअघि, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खडगेले बुधबार (मे १३, २०२६) मा यो विषयमा राहुल गान्धीसँग महत्त्वपूर्ण छलफल गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण