अनुचित लेनदेन मुद्दाका फरार प्रतिवादी रौतहटबाट पक्राउ
सारांश
- रौतहट प्रहरीले अनुचित लेनदेन (मिटरब्याज) मुद्दाका फरार प्रतिवादी दिपेन्द्रलाई गढीमाई नगरपालिका-५ बाट पक्राउ गरेको छ।
- जाहेरवाला सुजीत कुमार साहले लिएको १५ लाख ६० हजार रुपैयाँ ऋणको धितो स्वरूप दिएको १८ लाख ९० हजार रुपैयाँको चेक बाउन्स गराएको अभियोगमा प्रतिवादी दिपेन्द्र पक्राउ परेका हुन्।
- साहले सावाँभन्दा धेरै ३९ लाख रुपैयाँ भुक्तानी गर्दा पनि साहलाई यातना दिएको र चेक फिर्ता नगरेको आरोपमा प्रहरीले उनलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ।
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले अनुचित लेनदेन (मिटरब्याज) मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। फरार प्रतिवादीहरूलाई पक्राउ गर्ने प्रहरीको विशेष अभियान अन्तर्गत गढीमाई नगरपालिका–५ का दिपेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, जाहेरवाला सुजीत कुमार साहले प्रतिवादी दिपेन्द्रबाट २०८१ साउन २९ गते १५ लाख ६० हजार रुपैयाँ ऋण लिएका थिए। सो ऋणको धितो स्वरूप साहले १८ लाख ९० हजार रुपैयाँको एनएमबि बैंकको चेक दिएका थिए।
साहले विभिन्न मितिमा बैंकमार्फत कुल ३९ लाख रुपैयाँ (सावाँभन्दा धेरै) भुक्तानी गरिसक्दा पनि प्रतिवादी दिपेन्द्रले धितो बापतको चेक फिर्ता नगरी उल्टै चेक बाउन्स गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
रकम चुक्ता गरिसक्दा पनि चेक फिर्ता नदिई उल्टै शारीरिक तथा मानसिक यातना दिएर अनुचित लेनदेनको कसुर गरेको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
उनलाई आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले उल्लेख गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण