शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

पूर्णबहादुर खड्काको नेतृत्वमा सुर्खेतमा कांग्रेसको भेला, तस्बिरहरू

शनिबार, ०२ जेठ २०८३, १५ : २९
शनिबार, ०२ जेठ २०८३

सुर्खेत । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा सुर्खेतमा कांग्रेसको भेला सुरु भएको छ ।

शनिबार वीरेन्द्रनगरको शुभ होटलमा उक्त कार्यक्रम सुरु भएको हो । कार्यक्रम आइतबारसम्म सञ्चालन हुनेछ । 

नेपाली कांग्रेस कर्णाली प्रदेश कार्य समितिको आयोजनामा ‘कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठी भनेर कार्यक्रम आयोजना गरिएको छ । 

यद्यपि यो पूर्णतः देउवा पक्षको कार्यक्रम भएको भन्दै कतिपयले टिप्पणी गरेका छन्। कार्यक्रममा देउवा समूहका अधिकांश पूर्व केन्द्रीय सदस्यहरूको उपस्थिति देखिन्छ । 

यसअघि गगनकुमार थापा सहभागी प्रदेशस्तरीय भेलामा सहभागी नभएका नेताहरू आजको कार्यक्रममा सहभागी छन्। 

bhela (9)

bhela (8)

bhela (7)

bhela (6)

bhela (5)

bhela (4)

bhela (3)

bhela (2)bhela (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप