५ सय ७० ग्राम सुन तथा विदेशी मुद्रासहित भारतीय नागरिक नियन्त्रणमा
झापा । झापाको काँकडभिट्टा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल र भन्सार कार्यालयको संयुक्त टोलीले ५७० ग्राम सुन तथा ठुलो परिमाणको विदेशी मुद्रा सहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
जेठ ४ गते भारतबाट सिटी सफारीमार्फत नेपाल प्रवेश गर्दै गरेका भारत घर बताउने अन्दाजी ३९ वर्षीय परम पाठकलाई विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा पक्राउ गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकडभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोलीले उनको साथबाट ५७० ग्राम सुन, अमेरिकी डलर २० हजार, भारतीय रुपैयाँ ८५ हजार ४ सय १० बरामद गरेको जनाएको छ। साथै भारतीय आधार कार्ड १ थान, विभिन्न ब्रान्डका मोबाइल सेट २ थान, हार्ड डिस्क १ थान, बैंक चेक १ थान तथा सिमकार्ड ७ वटा समेत फेला परेको प्रहरीले जनाएको छ।
बरामद सुन तथा अन्य सामग्रीसहित पक्राउ परेका पाठकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि मेची भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनी नेपाल प्रवेश गर्नुको उद्देश्य खुल्न नसकेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता तथा नायब महानिरीक्षक विष्णु प्रसाद भट्ट ले घटनाबारे जानकारी दिएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण