छिन्नमस्तामा एक करोड लागतको सौर्य सिँचाइ आयोजना शिलान्यास
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरमस्थित फुलकाही चौरीमा 'लोखरम–फुलकाही सौर्य सिँचाइ आयोजना'को शिलान्यास गरिएको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र छिन्नमस्ता गाउँपालिकाको करिब १ करोड १० लाख रुपैयाँ संयुक्त लगानीमा यो आयोजना निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।
आयोजनाले लोखरम, कोचावखारी, लालापट्टी तथा बिरपुर क्षेत्रका करिब ४०० देखि ६०० बिगाहासम्म खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको उनको भनाइ छ ।
आयोजनाअन्तर्गत निर्माणस्थलबाट ५०० मिटर क्षेत्रसम्म पाइपमार्फत नहर विस्तार गरिनेछ भने त्यसपछिका खेतहरूमा आली प्रणालीमार्फत पानी प्रवाह गरिने व्यवस्था मिलाइनेछ । यस प्रविधिले कम लागतमा धेरै क्षेत्रफल समेट्ने विश्वास लिइएको उनले बताए ।
बढ्दो सुक्खा, अनियमित वर्षा र पानीको अभावका कारण खेती गर्न समस्या भोगिरहेका यस क्षेत्रका किसानहरू आयोजनाको सुरुवातसँगै उत्साहित देखिएका छन् । सौर्य ऊर्जामार्फत सञ्चालन हुने भएकाले इन्धन वा विद्युतको अतिरिक्त भारबिना नै दीर्घकालीन रूपमा सिँचाइ सेवा उपलब्ध हुने चौधरीको भनाइ छ ।
यस आयोजनाले कृषि उत्पादन वृद्धि, बहुखेती विस्तार र समयमै रोपाइँ गर्न टेवा पुर्याउनुका साथै स्थानीय किसानको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण