सन् २०२५ मा प्रत्येक १४ मिनेटमा एक जनाको मृत्यु : राष्ट्रसङ्घ
काठमाडाैँ । सन् २०२५ मा विश्वभरका द्वन्द्व क्षेत्रमा प्रत्येक १४ मिनेटमा एक जना सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। जसमा बालबालिका, तथा आम नागरिकहरू, उनीहरूको घर, कार्यस्थल, विद्यालय, सडक लगायतका क्षेत्रमा सुरक्षाको खोजीमा भाग्ने प्रयास गर्दा मृत्यु बरण गरेको उल्लेख गरिएको छ।
विभिन्न क्षेत्रमा राखिएका विस्फोटक हतियारहरूले मानविय जीवन मात्र नभइ पावर ग्रिड, पानी सञ्जाल, विद्यालय र अस्पतालहरू जस्ता अत्यावश्यक संरचना नष्ट गरेको ओसिएइचएका लागि क्राइसिस रेस्पोन्स डिभिजनका निर्देशक एडम वोसोर्नुले सशस्त्र द्वन्द्वमा नागरिकहरूको सुरक्षा विषय सुरक्षा परिषदलाई जानकारी दिँदै बताए।
उनले नागरिकहरू द्वन्द्वमा लक्षित नभए पनि द्वन्द्वको प्रत्यक्ष सिकार हुने गरेको बताए। संयुक्त राष्ट्रसङ्घले गत वर्ष विश्वभरका १८ वटा क्षेत्रमा भएका द्वन्द्वहरूमा चिकित्सा सेवामा एक हजार ३५० भन्दा बढी आक्रमणहरू रेकर्ड गरेको उल्लेख गरेको छ।
संयुक्त राष्ट्रसङ्घका अधिकारीहरुले सन् २०२५ मा द्वन्द्वले निम्त्याएको बढ्दो भोकमरी सङ्कटलाई पनि औँल्याउँदै, करिब १४ करोड ७० लाख मानिसहरूले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका बताएका छन्।
पछिल्लो समयमा अनिकाल तथा खाद्य असुरक्षाका विभिन्न घटनाहरू पुष्टि भएको उल्लेख गर्दै खानाको अभावका कारण मात्र नभई द्वन्द्वरत पक्षहरूको शत्रुताको कारण मानवीय सहायता वितरणमा अवरोधहरू सिर्जना गर्नाले यस्तो अवस्था आएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण