सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
संसद् बैठक

विपक्षी अवरोधबिच अगाडि बढे सभामुख

बिहीबार, ०७ जेठ २०८३, १६ : ४८
बिहीबार, ०७ जेठ २०८३

काठमाडौँ । विपक्षी दलहरूको अवरोधका बिच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको कारबाही अगाडि बढाएका छन् । पहिलो बैठकमा अवरोध गरेपछि १५ मिनेट स्थगित गरेका सभामुख अर्यालले त्यसपछि विपक्षीलाई पेलेर अगाडि बढेका हुन् ।

प्रतिपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर रोस्टममा पुगे पनि सभामुख पेलेर अगाडि बढेका हुन् । 

प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट विपक्षीको अवरोधका बिच कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले निर्वाचनसम्बन्धी अध्यादेश स्वीकृत गरियो भन्ने प्रस्ताव पेस गरेकी छन् ।

अहिले विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी सहितले रोस्टममा पुगेर नाराबाजी गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप