जेलमा रहेकी भियतनामी उद्योगपतिका बर्किन ब्याग ५ लाख ५० हजार डलरभन्दा बढीमा बिक्री
सारांश
- जेल सजाय भोगिरहेकी भियतनामी उद्योगपति ट्रुअङ माई ल्यानका दुई बर्किन ब्याग ५ लाख ५० हजार डलरभन्दा बढीमा बिक्री भएका छन् ।
- सेतो एर्मेस बर्किन ब्याग ४ लाख ४० हजार १४४ डलरमा र अर्को ब्याग ९४ हजार ८५८ डलरमा बिक्री भएको छ ।
- वित्तीय घोटालामा दोषी ठहर भई आजीवन कारावास भोगिरहेकी ल्यानले ती ब्यागहरू इटालीबाट किनेको र मलेसियाली व्यवसायीबाट उपहार पाएको बताएकी थिइन् ।
हानोई । जेल सजाय भोगिरहेकी भियतनामी उद्योगपतिको दुई वटा बर्किन ब्याग ५ लाख ५० हजार डलरभन्दा बढी मूल्यमा बिक्री भएको छ । सरकारले ट्रुअङ माई ल्यानबाट जफ्त गरेका गोहीको छालाबाट बनेका दुई ब्यागलाई लिलामीमा राखेको थियो । लिलाम बढाबढ सुरु भएको ३० मिनेटमै दुवै ब्यागले नयाँ मालिक फेला पारे ।
लिलामीमा सेतो एर्मेस बर्किन ब्याग ४ लाख ४० हजार १४४ डलरमा विक्री भएको थियो भने अर्को ब्याग ९४ हजार ८५८ डलरमा बिक्री भयो । एर्मेसका ब्यागहरू निकै महँगा छन् । यसको बर्किन ब्रान्डका ब्यागहरू विश्वकै महँगा ह्यान्डब्यागमध्ये पर्छन्, केहीको त मूल्य नै लाखौं डलर पर्छ ।
देशको प्रमुख बैंकमा ठुलो वित्तीय घोटालामा दोषी ठहर भएसँगै ल्यानले यतिबेला आजीवन कारावास सजाय भोगिरहेकी छिन् । अदालतले उनलाई २७ अर्ब अमेरिकी डलर बराबरको क्षतिपूर्ति फिर्ता गर्न पनि आदेश दिएको छ ।
सन् २०२४ अप्रिलमा अदालतले साइगन कमर्सियल बैंकलाई गोप्य रूपमा नियन्त्रणमा राख्दै लानले १० वर्षभन्दा बढी समयसम्म नक्कली कम्पनीहरूको सञ्जालमार्फत ४४ अर्ब डलर बराबरको ऋण र नगद निकालेको ठहर गरेको थियो । उक्त बैंक देशको पाँचौँ ठुलो ऋणदाता संस्था मानिन्छ । त्यतिबेला उनलाई मृत्युदण्ड सुनाइएको थियो । तर, गत जुनमा भियतनामले केही अपराधमा मृत्युदण्ड हटाएपछि उनको सजाय आजीवन कारावासमा परिवर्तन भयो ।
अदालतमा सुनुवाइका क्रममा लानले एर्मेसका ती दुई ब्यागमध्ये एउटा आफूले इटालीबाट किनेको र अर्को मलेसियाली व्यवसायीबाट उपहार पाएको बताएकी थिइन् । उनले ती ब्याग आफ्ना छोराछोरी र नातिनातिनाका लागि “सम्झनाको चिनो” का रूपमा राख्न चाहेको पनि अदालतलाई बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
-
रास्वपा रुकुम पश्चिमकाे सभापतिमा खड्का निर्वाचित
-
‘हिमतालको कारण गाउँ नै सार्नुपर्ने स्थिति छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण