सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

पहुँच हुनेको मात्र काम हुने परिपाटी अन्त्य गर्न सांसद आलमको माग

शुक्रबार, ०८ जेठ २०८३, ११ : ५३
शुक्रबार, ०८ जेठ २०८३

काठमाडौँ । सांसद डा.मो.फिरदौस आलमले निर्माण व्यवसायीहरूले भोग्नुपरेको प्रशासनिक झमेलाका बारेमा कुरा राखेका छन् । पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले निर्माण व्यवसायीहरू काममा भन्दा बढी सरकारी कार्यालय र मन्त्रालय धाउनुपर्ने बाध्यता रहेको बताए । 

‘मन्त्रालयमा जो बाठो र एक्टिभ छ, उसको मात्र काम हुने र अरूको निकास नै नहुने समस्या देखियो,’ आलमले भने । उनले मन्त्रालयका सचिव र मन्त्रीको ध्यानाकर्षण गराउँदै पहुँच र चिनजानका आधारमा मात्र भुक्तानी दिने र निकास निकाल्ने विभेदकारी अवस्था तत्काल अन्त्य गर्न माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप