अपडेट
हेमराज ढकालको उम्मेदवारी फिर्ता, थप रोचक बन्यो महासङ्घको निर्वाचन
शुक्रबार, ०८ जेठ २०८३, १४ : ५१
सारांश
- नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि २-२ जना उम्मेदवार बनेका छन् ।
- वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकालले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएर रामचन्द्र संघईलाई सघाउने भएका छन् ।
- यस निर्णयले महासङ्घको निर्वाचन थप रोचक बनेको छ ।
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षका लागि २–२ जना उम्मेदवार बनेका छन् । शुक्रबारका लागि निर्धारित निर्वाचन कार्यक्रमका लागि वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई र सुरकृष्ण वैद्य तथा कोषाध्यक्षमा मनिषलाल प्रधान र अम्बिकाप्रसाद पौडेल उम्मेदवार बनेका हुन् ।
यसअघि वरिष्ठ उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष हेमराज ढकालले समेत उम्मेदवारी दिएका थिए । अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएर हेमराजले रामचन्द्र संघईलाई सघाउने निर्णय गरेका हुन् ।
महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठको उम्मेदवारको रूपमा सुरकृष्ण वैद्य छन् । निवर्तमान अध्यक्ष ढकालसहितको टिमले भने संघईलाई सघाउने गरी निर्णय गरेको हो । यसले उक्त चुनाव थप रोचक बनेको छ ।
उता कोषाध्यक्षमा अञ्जन समूहबाट प्रधान र अर्को समूहबाट पौडेल छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण