हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, उद्योग मन्त्री यादवद्वारा स्थलगत निरीक्षण
शनिबार, ०९ जेठ २०८३, १२ : १४
काठमाडौँ । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा उद्योगलाई सरकारले पुनः सञ्चालनमा ल्याउने तयारी तीव्र गरेको छ ।
यसै सिलसिलामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले हेटौँडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गरेको मन्त्री यादवको सचिवालयले जनाएको छ ।
निरीक्षणका क्रममा मन्त्री यादवले उद्योगको वर्तमान अवस्था, मेसिनरीहरूको स्थिति र पुनः सञ्चालनका सम्भावनाबारे विस्तृत जानकारी लिएकी छिन् ।
सो अवसरमा उद्योग सञ्चालनको प्रक्रियालाई कसरी द्रुत गतिमा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा सरोकारवालाहरूसँग छलफल समेत गरिएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण