एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान
सारांश
- रामप्रसादराई गाउँपालिकाले एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण गर्यो।
- विद्यार्थीलाई प्रविधि र शिक्षामा प्रतिस्पर्धा गराउने उद्देश्य राखिएको छ।
- उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई आगामी दिनमा पनि प्रोत्साहन गरिनेछ।
भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई ल्यापटप वितरण गरेको छ ।
गाउँपालिकाले विद्यार्थीलाई अध्ययनप्रति थप प्रेरित गर्दै आधुनिक प्रविधि र शिक्षामा प्रतिस्पर्धात्मक वातावरण सृजना गर्ने उद्देश्यले सम्मान गरेको हो । साधारणधारतर्फ उत्कृष्ट नतिजा ल्याउने छात्रा प्रिया राई र छात्र प्रविन तामाङलाई ल्यापटप वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष थामबहादुर राईले शिक्षण सिकाइमा हौसला प्रदान गर्दै प्रविधिमैत्री शिक्षणमा सहयोग पुर्याउने लक्ष्यले विद्यार्थीलाई प्रोत्साहनस्वरुप ल्यापटप वितरण गरिएको बताए ।
यसले विद्यार्थीमा मिहिनेत, अनुशासन र लगनशीलताको विकासमा सहयोग पुग्ने उनले धारणा राखे । शिक्षाको गुणस्तर सुधार गर्दै विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्न गाउँपालिकाले विभिन्न योजना सञ्चालन गरिरहेको उनले जानकारी दिए ।
त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप राईले विद्यार्थीमा सकारात्मक प्रेरणा फैलाउँदै लगनशीलताको विकासमा हौसला प्रदान गर्न ल्यापटप वितरण गरिएको बताए । उनले शिक्षालाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै आगामी दिनमा पनि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।
गाउँपालिकाले पछिल्ला वर्षहरूमा विद्यालयको शैक्षिक सुधार, प्रविधिमैत्री शिक्षण प्रणाली, विद्यार्थी प्रोत्साहन कार्यक्रम तथा शिक्षक क्षमता विकासजस्ता क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको जिल्ला अधिवेशन सुरुः ६७ जिल्लामा निर्वाचन हुँदै, १० जिल्लाको महाधिवेशनपछि हुने
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण