सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ, ३ जना फरार
सारांश
- सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
- प्रहरी टोलीले खोजतलास गर्दा ४ जनाको समूहले भाग्ने प्रयास गरेपछि बुद्धीमान घलानलाई नियन्त्रणमा लिएको थियो।
- घलानको साथबाट भरुवा बन्दुक, बारुद, गोली र रड बरामद भएको छ भने अन्य ३ जना फरार रहेका छन्।
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस्ने ३८ वर्षीय बुद्धीमान घलान रहेका छन्।
प्रहरीका अनुसार सोमबार बरहथवा नगरपालिका–१२ स्थित लौकट टोलमा केही अपरिचित व्यक्तिहरू भरुवा बन्दुकसहित हिँडडुल गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बरहथवा र इलाका प्रहरी कार्यालय हिरापुरबाट खटिएको संयुक्त टोलीले खोजतलास सुरु गरेको थियो।
खोजतलासका क्रममा ४ जनाको समूहमा रहेका मानिसहरूले प्रहरी टोलीलाई देख्नेबित्तिकै भाग्ने प्रयास गरेका थिए। भाग्ने क्रममा प्रहरीले बुद्धीमान घलानलाई नियन्त्रणमा लिन सफल भए पनि अन्य व्यक्तिहरू भने फरार भएका छन्।
पक्राउ परेका घलानको खानतलासी गर्दा उनको साथबाट भरुवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने फलामको रड १ थान, बारुद १७५ ग्राम, फलामको गोली ८० थान र फलामको रडका टुक्राहरू५ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका घलानलाई 'हातहतियार खरखजाना सम्बन्धी कसुर'मा मुद्दा चलाउन सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। फरार रहेका अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण