रवि लामेछाने भारत जानुअघि अमेरिकाबाट हुँदैछ उच्चस्तरीय भ्रमण
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा जानुअघि अमेरिकाबाट उपविदेशमन्त्री सारा बी रोजर्स तीन दिने भ्रमणका लागि नेपाल आउन लागेकी हुन् ।
- जेठ १६ गतेदेखि सुरु हुने भ्रमणका क्रममा साराले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लगायतसँग भेटघाट गर्ने कार्यक्रम छ ।
- यसअघि पनि अमेरिकी उच्च अधिकारीहरू नेपाल भ्रमणमा आइसकेका छन् ।
काठमाडौँ । चैत १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि अमेरिकाबाट अर्को उच्चस्तरीय भ्रमण हुन लागेको छ । जेठ १६ गते अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्स तीन दिने भ्रमणका लागि नेपाल आउन लागेकी हुन् ।
सारा १८ गतेसम्म नेपालमा रहने बताइएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार साराले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा.स्वर्णिम बाग्लेलगायतका अन्य उच्चस्तरी भेटघाट गर्ने बताइएको छ ।
यसअघि वैशाख ७ गते अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमणमा आएका थिए । उनले नेपाल बसाइका क्रममा परराष्ट्रमन्त्री खनाल र अर्थमन्त्री बाग्लेसँग भेटेका थिए । त्यसपछि वैशाख १७ गते दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर पनि नेपाल आएका थिए ।
उनले सगरमाथाको आधार शिविरमा मालबाहक ड्रोन परीक्षण गरेका थिए । उपविदेशमन्त्री सारा स्वदेश फर्केकै दिन रास्वपाका सभापति लामिछाने भारत भ्रमणमा जाने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण