मधेस सरकारको नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरिने
बुधबार, १३ जेठ २०८३, १९ : ३१
जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ।
प्रदेशसभा सचिवालयका अनुसार शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मधेस प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
प्रदेशसभा सचिवालयले दिएको जानकारी अनुसार नेपालको संविधानको धारा १८४ को उपधारा ९२० अनुसार प्रदेश प्रमुखमार्फत सरकारको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिने व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार प्रदेश प्रमुख कर्णले प्रदेशसभालाई सम्बोधन गर्नेछन्।
सरकार जोगाउन नयाँ गठबन्धन बनाएका मुख्यमन्त्री यादवले मङ्गलबार मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। नयाँ समीकरण बनेलगत्तै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन लागेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण