शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

‘कर्णाली छोरी सम्मेलन’ शनिबारदेखि

शुक्रबार, १५ जेठ २०८३, १४ : ५०
शुक्रबार, १५ जेठ २०८३

सुर्खेत। ‘कर्णाली छोरी सम्मेलन’ शनिबारदेखि सुरु हुने भएको छ । ज्योति फाउन्डेसनले विगत एक वर्षदेखि सञ्चालन हुँदै आएको छोरी सम्मेलनको यो दोस्रो संस्करण हो ।

फाउन्डेसनका अध्यक्ष ज्योति कटुवालका अनुसार सम्मेलन शनिबार र आइतबार गरी दुई दिन वीरेन्द्रनगरमा चल्ने छ । कार्यक्रमबारे शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गरिएको छ ।

‘बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुर्व्यवहार, मानव बेचबिखनलगायत सामाजिक कुरीतिविरुद्ध आवाज उठाउने सम्मेलन हो,’ उनले भनिन्, ’सम्मेलनमा कर्णालीका ७९ वटै स्थानीय तहका साथै लोपोन्मुख तथा सीमान्तकृत समुदायका छोरीहरूको सहभागिता रहने छ ।’

उनका अनुसार हरेक स्थानीय तहबाट दुई–दुई जना छोरीहरू सहभागी हुनेछन् । साथै राउटे, राजी, कुसुण्डा, बादी, बोटे समुदाय, अपाङ्गता भएका तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका छोरीहरूसहित करिब दुई सय ५० भन्दा बढीको सहभागिता रहने उनले बताइन् ।

उनका अनुसार सम्मेलनको मुख्य उद्देश्य लैङ्गिक तथा जातीय विभेद, महिला हिंसा, बालविवाह, घरेलु हिंसा, मर्यादित महिनावारी र छाउपडीजस्ता विषयमा व्यापक छलफल गर्नुका साथै सम्मेलनबाट आएका निष्कर्षलाई तीन तहका सरकारसमक्ष सुझावका रूपमा प्रस्तुत गरिने छ ।

सम्मेलन अवधिभर कर्णालीका ८५ जना छोरीहरूले आफ्ना जीवन सङ्घर्षका कथा प्रस्तुत गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप