आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

आर्थिक सुधारका लागि कानुनी सुदृढीकरणः उधारो असुली र बौद्धिक सम्पत्ति संरक्षणलाई प्राथमिकता

शुक्रबार, १५ जेठ २०८३, १६ : ३१
शुक्रबार, १५ जेठ २०८३

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद‍मा पेस गरेको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमार्फत आर्थिक क्षेत्रको पारदर्शिता र लगानी सुरक्षाका लागि विभिन्न नयाँ कानुनी व्यवस्थाहरूको प्रस्ताव गरेका छन् । सरकारले व्यापारिक कारोबारमा हुने जोखिम न्यूनीकरण गर्न र बजारमा वित्तीय अनुशासन कायम गर्न उधारो असुली सम्बन्धी नयाँ कानुन निर्माण गर्ने घोषणा गरेको छ ।

 यसका साथै सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै स्वदेशी उत्पादनको सुरक्षाका लागि बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी कानुन बनाइने भएको छ।

बजेट वक्तव्यका क्रममा अर्थमन्त्री वाग्लेले गैरआवासीय नेपालीहरूलाई मुलुकको पुँजी बजारमा आकर्षित गर्ने नीति समेत सार्वजनिक गरे जसअनुसार एनआरएनएलाई धितोपत्र बजारमा प्रत्यक्ष रूपमा संलग्न गराउनका लागि आवश्यक कानुनी आधार तयार पारिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप