सैनिक जवानहरूको आवास स्तरोन्नति गर्न २ अर्ब बजेट
शुक्रबार, १५ जेठ २०८३, १७ : ५५
काठमाडौँ । सरकारले सैनिक जवानहरूको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै रकम छुट्याएको छ ।
यसअघि नेपाली सेनाले ‘बंकरदेखि ब्यारेक’ कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसपटकको बजेट भाषणमा बंकरदेखि ब्यारेक कार्यक्रम उल्लेख गरेनन् । तर, सैनिक जवानहरुको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तर दिएको उल्लेख गर्दै त्यसका लागि २ अर्ब विनियोजन गरेको घोषणा गरेका छन् ।
आर्थिक वर्ष २०८३–०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. वाग्लेलले भने, ‘नेपाली सेनाका जवानहरूको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै २ अर्ब विनियोजन गरेको छु ।’
सेनाले गर्दै आएको ऐतिहासिक गढी र किल्ला संरक्षणलाई निरन्तरता दिँदै पर्यटनसँग आवद्ध गरिने अर्थमन्त्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण