भक्तपुर जिल्लाव्यापी सूर्यविनायक बुद्धिचाल प्रतियोगिता सुरु
भक्तपुर । भक्तपुर जिल्लाव्यापी सूर्यविनायक बुद्धिचाल (चेस) प्रतियोगिता आजदेखि सूर्यविनायकमा सुरु भएको छ । सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहयोगमा सल्लाघारीस्थित दिव्यश्री पार्टी प्यालेसमा आजदेखि सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास महाशाखाका संयोजक रविन्द्र सापकोटाले उद्घाटन गरे । नगरपालिकाले स्थानीय तहबाट खेलकुदलाई प्रोत्साहन गर्ने र दीर्घकालीन रूपमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नेगरी वार्षिक कार्यक्रम तयार पारी प्रत्येक महिनामा एक वटा खेल प्रतियोगिता आयोजना गर्दै आएको बताए ।
सबै वर्गका लागि फुटबल प्रशिक्षणदेखि विभिन्न खेल प्रतियोगिता आयोजना गरेर नगरपालिकाले खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन दिएको बताउँदै उनले बुद्धिचालले मानसिक र बौद्धिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । स्थानीयस्तरमा बुद्धिचाल खेलको विकास, प्रतिभा पहिचान र खेलाडी उत्पादनका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
समितिका सदस्यसचिव दीपक थापाले प्रतियोगितामा जिल्लाभरिका ६६ जना खेलाडीबीच प्रतिस्पर्धा हुने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम हुने खेलाडीलाई नगद रु १५ हजार, दोस्रो हुनेलाई रु १० हजार, तेस्रो हुनेलाई रु पाँच हजार, चौथो हुनेलाई रु तीन हजार र पाँचौँ हुनेलाई रु तीन हजार नगदसहित महिला तथा पुरुष प्रतियोगीका लागि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
सदस्य सचिव थापाले यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले आगामी तेस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा भक्तपुर जिल्लाको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने बताए । उनका अनुसार प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण